एपिएफलाई पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश
पोखरा । विभागिय नेपाल एपिएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी प्रदेश प्रथम टाइगर कप आमन्त्रण खुल्ला भलिबल च्याम्पियनसिपको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । घरेलु कोर्टमा बलियो एपिएफलाई खेलको सुरुवातदेखि नै दवावमा राखेको गण्डकीले पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको थियो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा गण्डकीले २९–२७ को रोमाञ्चक जित निकाल्न सफल भयो । एक समय गण्डकी २३–१९ को सहज अवस्थामा रहँदा लगातार अंक गुमाएपछि दवावमा