राजनीति

एक बर्ष भित्र सबै सुकुम्बासिहरु आफ्नै जग्गाको मालिक हुन्छन : राज्यमन्त्री विक

वर्दिया । नेपाल भूमिहीन सुकुम्बासी संगठन बर्दिया जिल्ला कमिटीले बारबर्दिया न. पा. – ६ जयनगरमा आइतबार एक कार्यक्रमको आयोजनागरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री विमला विकलाइ वधाई तथा सम्मान गरेका छन । सम्मान कार्यक्रममा मन्त्री विकले “एक बर्स भित्र सबै सुकुम्बासिहरु आफ्नै जग्गाको मालिक हुनेमा ढुक्क रहन विश्वस्त पार्नुभयो ।” कतिपयले सुकुम्बासीलाई जग्गा बाडेर सकिन्छ भन्दै बोलिरहेको वताउदै सरकार रहे पनी नरहेपनी सबै सुकुम्बासीहरुले जग्गा पाउनुहुनेछ सबै जग्गा धनी हुनुहुनेछ

नेपालका कानुनविदहरु देखेर दया लागेर आउछ : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय पोलिटिकल डिसजन र आवश्यकताको सिद्धान्त भएको बताएका छन्। राष्ट्रिय सभाको आइतबारको हिउँदे अधिवेशनमा कार्यकारी अधिकार मन्त्रिपरिषदमा रहने र यसकै आधारमा संसद् विघटन भएको उनले स्पष्ट पारेका छन्।   ‘मन्त्रिपरिषदमा केही साथीहरुले यसबारे(संसद् विघटन) कुरा उठाएका थिए। मैले साथीहरुलाई भनेपछि उहाँहरुले बुझ्नुभयो। मन्त्रिपरिषद्को सर्वसम्मत सिफारिसमा राष्ट्रपतिले गर्नुभएको हो। राष्ट्रपतिलाई धेरै अधिकार दिइएको छैन। केही मात्र दिएका छौं।’ उनले राष्ट्रपतिलाई यस मुद्दामा नमुछ्न

नेकपाका प्रचण्ड-माधव समूहको सचिवालय बैठक वस्दै

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले सचिवालय बैठक बोलाएको छ । आज दिउँसो ३ बजे पेरिसडाँडामा बैठक बोलाइएको हो । एक नेताका अनुसार बैठककमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध छलफल हुने भएको छ । प्रधानमन्त्री ओलीको सिफारिसमा गत ५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा विभाजित भएको हो । ओली गुटबाट विभाजित भएको नेकपा प्रचण्ड–माधव समूहले केही दिनयता बैठक पेरिसडाँडामा गर्दै आएको छ ।

सरकारले भारतसँग ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गर्दै

कोभ्याक्सबाट प्राप्त हुने खोप आउनुभन्दा पहिला नै सरकारले २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गरेको छ । त्यसका लागि सरकारले भारतसँग चरणबद्ध छलफल गरिरहेको छ । कोभ्याक्सको खोप सन् २०२१ को पहिलो चौमासिकपछि मात्रै आउने जानकारी पाएकाले त्यसअघि नै खोप किनेर जनतालाई लगाउने योजना बनाएको स्वास्थ्य मन्त्रालयका कोरोना खोप सल्लाहकार समितिका संयोजक डा. श्यामराज उप्रेतीले बताए । कोभ्याक्स सुविधाबाट पनि २० प्रतिशत जनतालाई पुग्ने खोप आउँछ ।  

इन्डोनेसियामा यात्रुवाहाक विमान विजुली चम्किएजसरी समुद्रमा खस्यो र पानीमा पड्कियो : प्रत्यक्षदर्शी

इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको ठानिएको छ।श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो। प्रत्यक्षदर्शीहरूले एउटा विस्फोटन देखेको र सुनेको बताएका छन्।उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका

संसद विघटनको विरोधमा नेपाली कांग्रेसले गर्यो देशभर प्रदर्शन

काठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।विरोध सभामा कार्यकर्ताहरुकाे उत्साहजनक सहभागीता रहेको काँग्रेस नेताहरूले जनाएका छन ।   विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् ।

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी

अमेरिकामा डेमोक्र्याटहरूले बुधवार अमेरिकी क्यापिटल भवनमा भएको घटनामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकाका कारण महाभियोग लगाउने योजना गरेका छन्।सभामुख न्यान्सी पेलोसीले यदि ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने बताएकी हुन्।डेमोक्र्याटहरूले संसद्‌मा सोमवार “राज्यद्रोह प्रोत्साहन” अभियोग पेश गर्दैछन्।पाँच जनाको ज्यान जाने गरी संसद्‌मा भएको दङ्गालाई प्रोत्साहन गरेको आरोप उनीहरूले ट्रम्पमाथि लगाएका छन्।   राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताएका छन्। बाइडनले ” लामो समयदेखि आफूलाई ट्रम्प

कांग्रेससले आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससले आज देशका ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन गर्दैछ। सरकारको संसद विघटनको असंवैधानिक कदमविरूद्ध कांग्रेसले प्रदर्शन गर्ने भएको हो।   दिउँसो १ बजेपछि सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठ, विश्वप्रकाश शर्माले प्रदर्शनी मार्ग, गगन थापाले चाबहिल चोकमा सम्बोधन गर्ने कार्यक्रम छ। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्-आज ३३० प्रदेश सभा क्षेत्रमा प्रदर्शन ! संसद विघटनको असंवैधानिक कदमका विरूद्ध जुटौं , लोकतान्त्रिक संविधान रक्षाका लागि उठौं ।

बर्दियाली जनताको खुट्टामा काँडा बिज्दा मलाई दुख्छ : राज्यमन्त्री विमला

राम सापकोटा, वर्दिया । उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले आज एक कार्यक्रमका विच ठाकुरबाबा नगरपालिका-६ बकुवा स्थित जन ज्योती माबिको ४ कोठे नयाँ भवनको उदघाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा वोल्दै मन्त्री विकले ठाकुरबाबा न.पा. विकाशको लागि काम गर्ने सवै व्यक्ति तथा निकायहरुलाई धन्यवाद दिनुभयो । उहाँले वर्दियाको विकाशको लागी आफ्नो मन्त्रालय बाट मात्र नभई सिंहदरबार भित्र र बाहिर भएका सम्पूर्ण कार्यालय लाई अनुरोध गरेर भए पनि विकासकाे

प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीलाई पठायो संविधान सहित विरोधपत्र

काठमाडौं । काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा जुलुससहित पुगेको काठमाण्डाै जिल्ला कमिटीले प्रधानमन्त्री ओलीलाई संविधानको पुस्तकसहित विरोधपत्र पठाएको छ ।   नेकपा प्रचण्ड–माधव समूहले गठन गरेको केन्द्रीय सङ्घर्ष समितिले शुक्रबार देशका ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधि सभा विघटनको विरुद्धमा विरोध पत्र र नेपालको संविधान–२०७२ पठाएको हो । हाम्राखबर