राजनीति

लडाकु शिविरमा घोटाला भएको छैन: उपाध्यक्ष महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा कुनै घोटाला नभएको जनाएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको हुन् । पार्टीको समसामयिक विषयमा जानकारी गराउन आयोजिक पत्रकार सम्मेलनमा उपाध्यक्ष महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन र समायोजनको जिम्मा राज्यले लिएको बताए । उपाध्यक्ष महराद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक

काठमाडौंमा एक महिलाले आफैँले आगो लगाएर आत्महत्या गरिन्

काठमाडौं । काठमाडौंमा एक महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्ने रामेछापकी ३६ वर्षीय शान्ति श्रेष्ठले शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् ।  जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजे पेट्रोल छर्केर आगो लगाएकी थिइन् । स्थानीय र प्रहरीले उद्धार गरेर उपचारका लागि कीर्तिपुर अस्पताल पुर्याएका थिए । उपचारका क्रममा उनको आज बिहान ३ः२० मा मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुटानी शरणार्थी प्रकरणमा मियाँ र रिजालको बयान आज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पछिल्लोपटक पक्राउ परेका दुई आरोपीसँग आज (शनिबार) वयान लिने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार बिहीबार समातिएका भुटानी शरणार्थी अधिकारवादी नेता टेकनाथ रिजाल र हज कमिटीका अध्यक्ष शमशेर मियाँको आज बयान लिन लागेको हो । अदालतमा मुद्दा दायर गर्नुपर्ने समय थोरै भएका कारण आज (शनिबार) पनि बयान लिन लागेको न्यौपानेले बताए । संगठित अपराधका आरोपितविरुद्ध ६०

आज सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

काठमाडौं । सरकारको वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै छ । आज बस्ने संघीय संसदको दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।  नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेल स्वयंले प्रस्तुत गर्नेछन् । स्वास्थ्य समस्याका कारण भारतमा उपचार गराएर फर्किएपछि आराम गरिरहेका राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सक्ने/नसक्नेमा यसअघि संशय थियो । सोही कारण राष्ट्रपतिले नीति तथा कार्यक्रम

भन्सारका कर्मचारीमाथि  सिआइबीको छानबिन

काठमाडौं । शरणार्थीसम्बन्धि ठगी प्रकरणमा उच्च पदस्थलाई कारबाही गरेर चर्चामा आएको नेपाल प्रहरीले भन्सारका कर्मचारीमाथि पनि छानबिन थालेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले विमानस्थलस्थित भन्सार कार्यालयका एक नासुलाई पक्राउ गरी अनुसन्धान थालेको छ । शनिबार दिउँसो ब्यूरोले नासु रेवन्त खड्कालाई पक्राउ गरेको हो । उनी अराइभलमा डिउटीमै रहेका बेला पक्राउ परेका हुन् । नासु खड्काले विमानस्थलभित्र तस्करी लगायत विषयमा संगठित जालो चलाएको स्रोत बताउँछ । गम्भीर विषय भएकाले सिआइबीले

संसद् र सरकार अरूले नै चलाउँदो रहेछ : मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले संसद् र सरकार अरूले नै चलाउँदो रहेछ भन्ने अनुभूति आफूलाई भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा मन्त्री किरातीले मन्त्री अरूले नै चलाउने भएकाले आफू ‘सोकेसको मान्छे’जस्तो भएर बस्नुपरेको बताए । पर्यटन क्षेत्रका धेरै ऐन बदल्नुपर्ने आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसमा सहयोग गर्न सांसदहरूलाई आग्रह गरे । मन्त्री किरातीले हवाई उडानको सुरक्षाका लागि

आज पनि बालकृष्ण खाँणको बयान लिइने

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणसँग आज पनि बयान लिइने भएको छ ।गत बिहीबार पक्राउ परेका परेका खाँणको हिजो सोमबारदेखि विषय केन्द्रित बयान लिन थालिएको हो । सो बयान अझै बाँकी रहेकाले आज पनि बयान लिन लागिएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । सो आरोपमा मुछिएका मुख्य आरोपित केशव दुलाल र सानु भण्डारीले सो काण्डमा गृहमन्त्रीको हैसियतमा खाँणको पनि संलग्नता रहेको

गण्डकीमा मनाङेको ठाउँमा कांग्रेसका जीतप्रकाश मन्त्री बन्ने

पोखरा । गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् । आलेसहित आज कांग्रेसबाट दीपेन्द्र थापा र महेन्द्रध्वज जिसीले शपथ लिनेछन् । माओवादीबाट रेशम जुग्जालीले मन्त्रको शपथ लिँदै छन् । मनाङेलाई मन्त्री बनाउन एकीकृत समाजवादीको शिर्ष नेतृत्वले नै दबाब दिएको थियो ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान रिहा

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं तेहरिक-ए-इन्साफ (पीटीआई) प्रमुख इमरान खान बिहीबार रिहा भएका छन् । उनलाई गत मंगलबार इस्लामावाद उच्च अदालत अगाडि गिफ्तार गरिएको थियो । पाकिस्तानी सञ्चार माध्यम डनका अनुसार रिहा भएपछि उनी शुक्रबार अल कादिर ट्रस्ट प्रकरणका लागि इस्लामावाद उच्च अदालत उपस्थित हुने छन् । बिहीबार पाकिस्तानको सर्वोच्च अदालतमा तीन न्यायाधीशको संयुक्त इजलासले पूर्वप्रधानमन्त्री खानलाई रिहा गर्न आदेश जारी गरेको हो । प्रधानन्यायाधीश उमर अता बन्दियालको नेतृत्वमा रहेको

गण्डकीका मुख्यमन्त्री पाण्डेद्धारा मन्त्रिपरिषद बिस्तार,मन्त्रीहरुको शपथ दिउँसो ४ बजे

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद बिस्तार गरेका छन् । उनले शुक्रबार नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट १ र एकीकृत समाजवादीबाट १ जनालाई लिएर ७ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।  कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापा, माओवादीबाट रेशमबहादुर जुग्जाली र एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) मन्त्री नियुक्त भएका छन् । मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ आज दिउँसो