आगामी आर्थिक वर्षमा ६०० झोलुङ्गे पुल निर्माण गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ६०० वटा झोलुङ्गे पुल निर्माण गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो जानकारी दिएका हुन् । मन्त्री महतले ६०० वटा झोलुङ्गे पुल निर्माणका लागि ५ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।