विश्व

दिल्लीमा कोरोना भ्याक्सिन लगाएका केही मानिसहरुमा एलर्जीको लक्षण

काठमाण्डौं । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोनाको खोप अभियान अन्तर्गत पहिलो दिन एक लाख ९१ हजारभन्दा बढीलाई कोभिड–१९ को भ्याक्सिन दिइएको जानकारी दिएको छ ।   मन्त्रालयका अनुसार खोप अभियानको पहिलो दिन ३,३५१ सेसन भए जसमा कोभ्याक्सिन र कोभिशिल्ड दुबै भ्याक्सिनको प्रयोग गरियो । भारतीय खोप अभियानलाई संसारको सबैभन्दा ठूलो खोप अभियान बताइँदै छ ।मन्त्रालयले खोप लगाएपछि कसैलाई पनि अस्पताल भर्ना गर्न आवश्यक नपरेको दाबी गरेको छ । यद्यपि, दिल्लीमा

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या विश्वमा ९ करोड २५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोना संक्रमित हुनेको संख्या ९ करोड २५ लाख ६ हजार ८८१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख ८८ हजार १५ संक्रमित थपिएका छन् । सोही अवधीमा १४ हजार ७१८ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्यांक अनुसार कोरोना संक्रमणका कारण हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २० लाख

राष्ट्रिय फुटबल टोलीका विमल घर्तीमगर र विक्रम लामा कतार प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यद्वय विमल घर्तीमगर र विक्रम लामा उपचारका लागि कतार प्रस्थान गरेका छन् ।   एक साताअघि नै उपचारको लागि कतार जाने भनिएपनि प्राविधिक समस्याका कारण उनीहरु एक साता ढिला गरी शुक्रबार कतार प्रस्थान गरेका हुन् । एकसाता क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुको उपचार सुरु हुनेछ । दुवै खेलाडीको उपचार कतारमा रहेको अस्पेटारमा हुने छ । उपचार सम्बन्धीको सबै खर्च अखिल नेपाल फुटबल संघ (एन्फा) ले

भारतले आजदेखि कोरोनाविरुद्धको खोप सर्वसाधारणलाई लगाउदै

काठमाण्डौं । भारतले कोरोनाविरुद्धको खोप आजदेखि सर्वसाधारणलाई लगाउन सुरु गर्दैछ ।स्थानीय समयअनुसार बिहान साढे १० बजे खोप अभियानको सुरुवात गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खोप अभियानको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुहुने छ।अभियान उद्घाटन लगत्तै प्रधानमन्त्री मोदीले स्वास्थ्यकर्मीसँग कुराकानी गर्ने कार्यक्रम छ । भर्चुअल रुपमा हुने कुराकानीमा देशभरका तीन हजार छ वटा खोप केन्द्रका स्वास्थ्यकर्मी सहभागी हुन सक्नेछन् । अभियानको पहिलो दिन आज हरेक खोप केन्द्रमा एक सयका दरले

भारतमा निर्मित खोपलाई आपतकालीन प्रयोगका लागि सरकारले दियो अनुमति

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको आपतकालीन खोप प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले भारतीय कम्पनी सेरम इन्स्टिच्यूटले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरूद्धको खोप नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको हो ।   विभागको शुक्रबार बसेको बैठकले आपतकालीन प्रयोगका लागि भारतीय कम्पनीले तयार पारेको खोप खरिद गर्ने निर्णय गरेको विभागका प्रवक्ता सन्तोष केसीले जानकारी दिए । सरकारले पहिलो पटक कोरोना भाइरसविरुद्धको खोप प्रयोगको अनुमति दिएको हो । सिरम

रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ फाइनलमा प्रवेश

एजेन्सी – साविकको विजेता रियल म्याड्रिडलाई हराउदै एथलेटिको बिल्वाओ स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ ।     बिहीबार राति भएको खेलमा एथलेटिको बिल्वाओले रियललाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बिल्वाओको जितमा दुवै गोल राहुल गार्सियाले गरे । रियलका करिम बेन्जेमाले एक गोल फर्काएपनि फाइनल पुग्न पर्याप्त बनेन ।   यससँगै बिल्वाओले गत डिसेम्वरमा बेहोरेको ३–१ को हारको बदलासमेत लिन सफल हुदा रियलमाथि ११

परराष्ट्रमन्त्री ज्ञवाली तीन दिने भ्रमणमा भारत प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको छैटौँ बैठकमा भाग लिन बिहीबार दिल्ली प्रस्थान गरेका छन् ।     मन्त्री ज्ञवाली बिहीबार बिहान भारतको दिल्ली प्रस्थान गरेका हुन् । तीनदिने भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चपदस्थ भारतीय अधिकारीरूसँग पनि छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।     त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीपकुुमार ज्ञवाली भारत जाने क्रममा । संयुक्त आयोगको बैठकमा सीमा, व्यापार, पारवहनलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, कोभिडविरुद्धको खोपमा

दोस्रोपटक ‘महाभियोग’ पारित भएपछि ट्रम्प सत्ता हस्तान्तरण गर्न तयार

काठमाडौं । वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले हार स्वीकारेका छन् । बुधबार अमेरिकाको तल्लो सदनबाट दोस्रोपटक ‘महाभियोग’ प्रस्ताव पारित भएपछि ट्रम्पले हार स्वीकार्दै शान्तिपूर्वक सत्ता हस्तान्तरण गर्ने बताएका छन् । गत महिना सम्पन्न राष्ट्रपतिय निर्वाचनमा भएको आफ्नो हारलाई उनले स्वीकार्न मानिरहेका थिएनन् । संसद् भवनमा भएको हुलदंगालाई आफ्नो अभियानमाथिको आक्रमण भएको उनको भनाइ छ । गत साता संसद् घेराउ गर्नका लागि ट्रम्पले नै आफ्ना समर्थकहरुसँग आग्रह गरेका थिए । उक्त

चीनले उत्पादन गरेको खोप ५० प्रतिशत मात्र प्रभावकारी

  चीनको सिनोभ्याकले उत्पादन गरेको कोभिड-१९ विरुद्धको खोप ब्रजिलमा गरिएको परीक्षणमा ५०.४ प्रतिशत मात्रै प्रभावकारी देखिएको अध्ययनकर्ताहरूले बताएका छन्।नयाँ तथ्याङ्कले यसअघिको तथ्याङ्कभन्दा यो खोप एकदमै कम प्रभावकारी रहेको देखाएको छ। खोप स्वीकृत हुनका लागि कम्तीमा ५० प्रतिशत प्रभावकारी हुनुपर्ने प्रावधान छ।   ब्रजिलको सरकारले कोभिडविरुद्ध देशभर लगाउन तयार राखेको दुई खोपमध्ये सिनोभ्याक एक हो।बेइजिङको सिनोभ्याकले कोरोनाभ्याक नामक खोप बनाएको हो। यसले मृतप्राय: कोरोनाभाइरसलाई शरीरमा प्रवेश गराएर मानिसमा रोगप्रतिरोधी क्षमतालाई लड्न

कोरोनावाट विश्वमा १९ लाख वढि संक्रमितको मृत्यु 

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ३७१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्व स्वास्थ्य संठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १९ लाख ४० हजार ३५२ संक्रमितको मृत्यु भइसकेको छ ।   तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ लाख ६६ हजार १८६ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ८ करोड ९७ लाख ७ हजार ११५ पुगिसकेको छ ।