भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु
काठमाडौं । भारत उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीका कारण एक नेपाली सहित ८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार अरु डेढ सय भन्दा बढी वेपत्ता छन् । चमोली जिल्लाका अधिकारीहरुले दिएको जानकारी अनुसार आइतबार साँझसम्म आठ जनाको शव फेला परेको छ । डेढ सयभन्दा बढी वेपत्ता रहेका छन् । उनीहरुको खोजी भइरहेको आइटीबीपीका प्रवक्ता विवेककुमार पाण्डेलाई उदृत गर्दै एनआईले उल्लेख गरेको छ । सोमबार विहानसम्ममा फँसेका १६ जनाको