सौर्य पत्र

शिक्षाबाट कोही बन्चित हुनु हुदैन: मन्त्री विक

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका-३ स्थित श्री हिमाल आधारभूत बिद्यालय मिर्चैयाको ३ कोठे नयाँ भबनको उदघाटन गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकले एक कार्यक्रमकाबीच उक्त भबनको उदघाटन गर्नु भएको हो । उद्घाटन कार्यक्रममा मन्त्री विकले समाज परिबर्तन र देश बिकासका लागी शिक्षा पहिलो आधार भएको बताउँदै शिक्षा क्षेत्र लाई राज्यले पहिलो प्राथमिकतामा राखेको बताउनुभयो । कोहि पनि बालबालिका अभाब र गरीबीका कारण बिधालयबाट टाढा र शिक्षाबाट

म्यानमारमाथि प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले अब म्यानमारमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति बाइडेनले बुधबार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र उनीहरूका परिवारका सदस्यहरूलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेको हो ।   आदेशमा हस्ताक्षर गरेपछि अमेरिकीले पहिलो चरणमा एक साताभित्र कसलाई के—केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्ने बाइडेनको भनाई छ । पहिलो चरणमा अमेरिकामा

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघ्यो

काठमाडौं । विश्वमा कोरोना संक्रमितको संख्या १० करोड ६५ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म विश्वमा १० करोड ६५ लाख ५५ हजार २०६ जनामा कोरोना संक्रमण भइसकेको छ । पछिल्लो २४ घण्टामा ३ लाख ३४ हजार ६४८ कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या २३ लाख ३३ हजार ४४६ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण १० हजार ७०२ जनाको

बार्सिलोनामाथी सेभियाको जीत

एजेन्सी । स्पेनिस कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा सेभियाले क्याटलान क्लब बार्सिलोनालाई २–० ले पराजित गरेको छ । रमन सान्चेज पिजुआन सेभियामा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा जुलेस कुन्डे र इभान राकिटिचले गोल गरे । खेलको २५औं मिनेटमा जुलेस कुन्डेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले आफ्नो जोनबाट बल अघि बढाउदै राकिटिचसँग एक पास देख्लै डिफेन्डर स्यामुइल उम्टिटीलाई बिट गर्दै गरेको प्रहारलाई बार्सिलोनाका

सर्वाधिक पुरस्कार राशिको व्याडमिन्टन प्रतियोगिता चितवनमा हुंदै

काठमाडौं । चितवनमा जारी प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७७ मा सर्वाधिक पुरस्कार राशिको व्यवस्था छ । महिला तथा पुरुष एकल स्पर्धाका विजेता खेलाडीले नगद एक लाख १५ हजार प्राप्त गर्नेछन् । यस्तै दोस्रोले ५५ हजार र तेस्रो हुने दुईजनाले १५/१५ हजारका दरले प्राप्त गर्नेछन् । करिब ४० लाख रुपैयाँ लागत रहेको प्रतियोगितामा राष्ट्रिय वरीयताका २० भित्रका खेलाडीबीचको युगल प्रतिस्पर्धामा विजयी खेलाडीले नगद ६० हजार, दोस्रोले ३० हजार र

वाग्मती प्रदेशले प्रहरीलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउदै

काठमाडाैं । वाग्मती प्रदेश सरकारले प्रदेशभित्र भएका नेपाल प्रहरीका विभिन्न एकाइलाई ३४ वटा सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रहरीका लागि १२ गाडी र २२ मोटरसाइकल उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । बैठकले स्थानीय तहमार्फत कार्यक्रम कार्यान्वय गराउने तथा विभिन्न खालको योगदान दिने निर्णय गरेको छ । त्यस्तै सरकार स्थापनाको तीन वर्ष पुगेका

पेट्रोलियम पदार्थसंगै एलपी ग्यासमा मुल्य वृद्धि

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य पुनः बढेको छ । बुधबार राति १२ बजेदेखि लागु हुनेगरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य २/२ रुपैयाँले बढाएको हो । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । निगमका अनुसार एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ

लोकतन्त्रको पक्षमा निर्णय नभए आँधीहुरी आउने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुन:स्थापनाका पक्षमा अदालतले फैसला नगरे आँधीहुरी आउने बताएका छन्। उनले अप्रत्यक्ष रूपमा सर्वोच्च अदालतमाथि दबाब बढाउँदै ‘ग्रिन रिभुलुसन’ हुने बताए। उनले भने, ‘तपाईंहरू ढिलो नगरी संविधान र लोकतन्त्रका पक्षमा निर्णय दिनुहुनेछ। जनताको आकांक्षा विपरीत केही काम गरियो भने राम्रो हुँदैन। यो बिद्रोहमा परिणत भयो भने के हुन्छ?’ यदि लोकतन्त्र (प्रतिनिधि सभा पुन:स्थापना)को पक्षमा निर्णय नभए आँधीहुरी आउने उनको चेतावनी

परीक्षा दिन हिडेका ईश्वर अझै भेटिएनन

तनहुँ । तनहुँको व्यास नगरपालिका–४ सिमलटार बस्दै आएका १७ वर्षीय ईश्वर क्षेत्री सोमबार बिहान क्याम्पस जान भनेर घरबाट निस्किएका थिए । आदिकवि भानुभक्त क्याम्पसमा कक्षा ११ मा अध्ययनरत ईश्वरको मङ्गलबार परीक्षा थियो । क्याम्पस जान हिँडेका उनी क्याम्पस पुगेनन् । सिमलटारस्थित मामाघर बसेर पढ्दै आएका ईश्वर बेलुका अबेरसम्म घर फर्किएनन् । घर नफर्किएपछि ईश्वरका दाजु सन्तोषले साथीभाइलाई सम्पर्क गरे । बिहान क्याम्पस पनि नगएको र साथीभाइको सम्पर्कमा पनि नरहेको पत्ता

नेकपाको प्रचण्ड - नेपाल पक्षले काठमाडौंमा आज प्रदर्शन गर्दै

काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दैछ। यसअघि यो पक्षले माघ ९ गते काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको थियो। राजधानीका विभिन्न पाँच स्थानबाट बिहान ११ बजे जुलुस सुरु हुने र सुन्धारामा १२ बजे जम्मा भई मूल जुलुसमा परिणत हुने बताइएको छ। त्यसपछि आमसभालाई सो पक्षका शीर्ष नेताले सम्बोधन गर्नेछन्। पुल्चोकबाट सुरु हुने जुलुसलाई कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायतले नेतृत्व गर्नेछन्।