बलिउड फिल्म ‘सालार’ मा मेनुकालाई पार्श्व गायनको अवसर
भारतको गायन रियालिटी शो ‘इन्डियन आइडल’मा आफ्नो उत्कृष्ट प्रस्तुतीले चर्चामा रहेकी नेपालकी मेनुका पौडेलले भारतको ठूलो फिल्म ‘सलार’मा पार्श्व गायनको अवसर पाएकी छिन्। आइतबार राति सोनी टेलिभिजनमा प्रशारित शोमा मेनुका स्वयंले आफूले ‘सलार’मा गीत गाउने अवसर पाएको खुसी साटेकी हुन् । फिल्ममा उनले संगीतकार रवि बसरुरको संगीतमा स्वर भर्नेछिन्। भारतीय फिल्म ‘सलार’ मा पार्श्व गायनको अवसर पाएपछि मेनुकाले भनेकी छन्‘यो मेरो पहिलो टर्निङ प्वाइन्ट हो। जहाँ म पहिलो प्लेब्याक गायनका