रुसी सेनामा कार्यरत नेपालीको अवस्था चिन्ताजनक १६ को मृत्यु, २७२ जना सम्पर्कविहीन
काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ । सरकारले १२ जनाको मृत्यु भएको बताइरहेका वेला रुसी सेनामा रहेका नेपाली युवाका आफन्तले सञ्चालन गरेको ‘पीडित परिवार तथा नागरिकको जीवन रक्षाको लागि सचेतना अभियान’ले १६ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । अभियानको सम्पर्कमा आएका पीडित परिवारजनले रुसबाटै पाएको मृत्युको सूचनाका आधारमा हालसम्म १६ जना आफन्तको काजक्रिया गरेको बताएका छन् । अभियानले रुसी सेनामा पाँच