समाचार

जनता समाजवादी पार्टीद्धारा काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं। प्रतिनिधिसाभा विघटनविरुद्ध जनता समाजवादी पार्टीले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। मध्यान्ह रत्नपार्क शान्ति वाटिकाबाट सुरु भएको जुलुस बागबजार, पुतलीसडक, भद्रकाली हुँदै पुनः शान्तिवाटिकामा पुगी सभामा परिणत हुने जनाइएको छ।

नयाँ कोरोमा भाईरस देखिएसंगै विदेशी नागरिकलाई जापान प्रवेशमा रोक

काठमाण्डौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।   जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रतिबन्ध विश्वका अधिकांश मुलुकहरुमा लागू हुनेछ । यो प्रतिबन्ध जनवरीको अन्तिमसम्म कायम रहनेछ ।   जापानको स्थानीय सञ्चारमाध्यमका अनुसार जापानी नागरिक तथा जापानमा बसोबास गर्ने

राज्यमन्त्री बिमला बिकद्धारा पदभार ग्रहण

काठमाडौँ । नवनियुक्त उद्योग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री बिमला बिकले आज पद बहाली गर्नु भएको छ । पद बहाली गर्दै राज्यमन्त्री बिकले राज्यको विकास र समृद्धिको पक्षमा सधै सकारात्मक परिणाम आउने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।     उहाले भन्नुभयो , “ नियमबिपरित कुनै पनि कामका लागि म भन्दैन तर नियम सङ्गत र ब्यबहारिकताले मिल्ने र जनताले अनुभुती हुने गरी काम गर्ने कुरामा मलाई पेल्यो नभन्नु होला ।”

प्रदेश १ का तीन मन्त्रीद्वारा सामुहिक राजिनामा

विराटनगर । प्रदेश १ का तीन मन्त्रीले सामुहिक राजिनामा दिएका छन् । आइतबार बिहान सामाजिक विकास मन्त्री जिवन घिमिरेसहित सामाजिक विकास राज्यमन्त्री जयमाया गजमेर र उद्योग, वन तथा पर्यटन राज्यमन्त्री विजयकुमार विश्वासले सामुहिक राजिनामा दिएका हुन् । सत्तारुढ दल नेकपामा देखिएको विवादसँगै मुख्यमन्त्री शेरधन राईले शनिबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाइ पदमुक्त गरेका थिए । प्रचण्ड–माधव पक्षका आङ्बोलाई पदमुक्त गरेसँगै सोही पक्षका तीन मन्त्रीले पनि राजिनामा दिएका हुन् ।

प्रदेश १ सरकार संकटमा मुख्यमन्त्री राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ताको तयारी

काठमाडौं । नेकपा विभाजनको असर प्रदेश सरकारहरुमा देखिन थालेको छ । बाग्मतीपछि प्रदेश नम्बर १ मा पनि सरकार ढल्ने अवस्था देखिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रचण्ड–माधव नेपाल पक्षले आइतबार अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारीमा छन्। तीन मन्त्रीले राजीनामा समेत दिन लागेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वास र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले राजीनामा दिन लागेका हुन् । यसअघि मुख्यमन्त्री शेरधन

नेपाली राजनीतिमा चीनको चासो, आज ४ सदस्य टोली नेपाल आउदै

काठमाण्डौं ।   नेपालमा नेकपा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी चीनका अधिकारीहरूले आइतबारदेखि नेपालको भ्रमण गर्दैछन् । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेकपा फुटन नदिन खेलेको भुमिका असफल भएपछि याे टाेली नेपाल आउन थालेको हाे ।   चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रिय कमिटी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री कुओ येचौको नेतृत्वमा पार्टी अन्तर्राष्ट्रिय विभाग महानिर्देशक छुइ यान लगायतको चार सदस्यीय टोलीले काठमाडौं भ्रमण गर्न लागेको हो । विषेश गरि नेकपाकाे राजनीति माथि

बर्दियाको विकाशकालागी कुनै कसर बाँकी नराख्ने : राज्यमन्त्री वि.क.

काठमाडाैं । नवनियुक्त उद्याेग वाणिज्य तथा आपुर्ती राज्यमन्त्री विमला बि.क.ले बर्दियाको बिकासका लागि आफुले कुनै कसर बाकि नराख्ने  बताउनुभयो । वर्दियाका युवाहरुले काठमाडौंं अनामनगरको नेभर माइन्ड रेस्ट्रोमा राखेको वधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको हो । मन्त्री विकले आफुले देखिने गरि वर्दियाकाे बिकास गर्ने कुरामा युवा साथिहरुलाई आश्वस्त रहन समेत आग्रह गर्नु भएको छ ।   वर्दियाका युवा नेता रेशमबहादुर थापाकाे अगुवाइमा काठमाडाैंंमा  वर्दियाका युवाहरुले राज्यमन्त्री वि.क.लाई

परिक्षा दिन छुटेका विद्यार्थीले १२ को परिक्षा पुन दिन पाउने

काठमाण्डौं । कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गएको मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो ।

प्युठान प्याराग्लाइडिङ्गका पारखीहरुकालागी अर्को गन्तव्य वन्दै

प्युठान । प्रकृतिले बनाइदिएको भु-बनावट स्वरुपले आकर्षक मानिने कलात्मक दृश्यले भरिभराउ प्युठानकाे सारी प्याराग्लाइडिङ्गको सफल परिक्षण संगै पर्यटकीय सम्भावनाकाे अर्को गन्तव्यकाे रुपमा अगाडि बढ्दैछ । स्वर्गद्वारी नगरपालिका – ५, सारीमा रहेको पर्यटकीय स्थल भु-बनोटकाे पवित्र आकाशमा सफलतापूर्वक प्याराग्लाइडिङ्ग काे परिक्षण उडान सुरु भएपछि याे क्षेत्रकाे पर्यटन सम्भावना थप उच्च भएको हाे । पोखराबाट गएको प्याराग्लाइडिङ्गकाे एक टाेलीले परिक्षणको रूपमा उडान गरेका थिए। चाडैं स्वर्गद्वारी नगरपालिका ५, साउनेपानी देखि भूबनोट सम्म प्याराग्लाइडिङ्ग

राष्ट्रिय सभा आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभाको बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । पुष १० गते शुक्रबार बेलुका बसेको म१न्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको बैठक बोलाउन सिफारिस निर्णय गरेको कृषि मन्त्री पद्मा अर्यालले जानकारी दिइन् । संविधान अनुसार एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशनको प्रारम्भका बीचको अवधि ६ महिनाभन्दा बढी हुने छैन । सरकारले पुस १७ गते अधिवेशन आह्वानका लागि सिफारिस गरेको मन्त्री अर्यालले जानकारी दिइन् ।