सौर्य पत्र

अब एमालेतिरै फर्कने परिस्थिति बन्यो: नेता नेपाल

काठमाडौं । नेकपाका नेता माधवकुमार नेपालले अब एमालेतिरै हुने परिस्थिति बनेको बताएका छन् । “अब एमाले एमालेतिरै र माओवादी माओवादी केन्द्रतिरै फर्किने परिस्थिति बन्यो,” पेरिसडाँडाबाट बाहिरिनेक्रममा पत्रकारहरुसँग कुरा गर्दै भने, “एमालेकै नाममा पनि अर्को पार्टी दर्तामा छ । सबै कुराहरु हेरेर हामीले निर्णय गर्छौँ ।” उनले आफूहरुको हृदय विशाल भएकाले सबैलाई समेटेर अघि बढ्ने बताए । “हाम्रो हृदय विशाल छ । हामी सबैलाई समेटेर अघि बढ्छौँ,” उनले भने, “अब एमाले

महिलाहरु अझैपनि अधिकारको पखाईमा 

काठमाडौं । १११ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर उप प्रमुख रमा देवि राईको अध्यक्षता तथा उधोग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला बिकको विशेष अतिथिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने सहभागीहरुले महिला हिंसा अन्त्यका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए । सहभागीहरुले नीतिगतरुपमा भएका व्यवस्थाहरुको कार्यान्वयनमा जोड दिए । युरोपको सुति कारखानामा काम गर्ने महिला र पुरुषको ज्यालमा अन्तर भएपछि

प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिएपछि प्रचण्ड–माधव पक्षको बैठक बोलाइएको छ । विहान ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतको फैसलाबारे छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । उनले भने, सर्वोच्च अदालतको एउटा इजलासले हाम्रो पार्टी नेकपाबारे गरेको फैसला सम्बन्धमा रहेको स्थायी कमिटी बैठक बोलाइएको छ ।’ सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाइ दिएपछि सत्ताधारी नेकपाको एकीकरण संकटमा

प्रहरी हवल्दार ११ लाख घुससहित पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हबल्दार तारा कुमारी श्रेष्ठलाई ११ लाख रुपैयाँ घुससहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । श्रेष्ठले लिएको घुस रकम राखिदिएका चाबहिलस्थित ओल्ड टाउन क्याफे एण्ड पब रेष्टुरेन्टका सन्चालन अनिस जोशीलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार श्रेष्ठले भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौंले महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको

दाङमा बस र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

काठमाडौं दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा लमही नगरपालिका-८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।

सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक: प्रचण्ड

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा पार्टी विवादबारे सर्वोच्चको फैसला अपेक्षा गरे भन्दा फरक आएको बताएका छन् । सर्वोच्चको फैसला आएपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले फैसला नहेरी थप टिप्पणी नगर्ने बताए

अदालतको फैसलासंगै व्युँतिए एमाले र माओवादी केन्द्र

काठमाडौं । नेकपाभित्र देखिएको विवादकै बेला सर्वोच्च अदालतले गरेको एक फैसलाले नेकपा एमाले र माओवादी छुट्टाछुट्टै पार्टी कायम भएका छन् । सर्वोच्च अदालतले आज गरेको फैसलामा भनिएको छ,“निर्वाच्न आयोगका यी दुवै निर्णय बदर भएपश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले

नेकपा आधिकारीकता ऋषि कट्टेलको पक्षमा

काठमाडौं । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको सर्वोच्च अदालत स्रोतले जनाएको छ । निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण

नेकपाको नामसम्बन्धी सर्वोच्चले आज फैसला गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामसम्बन्धी सर्वोच्च अदालतले आज फैसला गर्दैछ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फैसला गर्न लागेको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए । आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

काठमाडौं । रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । रोल्पाको रून्टीगढी गाउँपालिका वडा नं ६ गातिनामा गएराति ना ७ त ६४०० नं को ट्याक्टर दुर्घटना हुँदा गातिनाका ३१ वर्षीय खगेन्द्र रानाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय होलेरीका प्रहरी निरीक्षक शंकर खड्काका अनुसार ट्याक्टरले च्यापिएर रानाको घटनास्थलमै ज्यान गएको हो ।ट्याक्टर चालक रोल्पाको मिरुल घर भई हाल दाङ देउखुरीको सिसहनियाँ बस्ने बलप्रसाद बुढामगरलाई इलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा