स्टार क्रिकेट २०२१ को उपाधि सुन्तली ‘ए’ ले चुम्यो
काठमाडौं । गृष्मा ब्रोडकास्टिङ आयोजनामा रंगशाला सहयोगार्थको लागि भएको स्टार क्रिकेट २०२१ प्रतियोगिता उपाधि सुन्तली ए ले जितेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले चितवन भरतपुरको शान्तिपुरमा जनस्तरबाट निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको नमुना क्रिकेट मैदानमा भएको फाइनलमा सुन्तली ए ले धुर्मुस ए लाई १ रनले हराउँदै उपाधि जितेका हुन् । सुन्तली ए ले पहिला ब्याटिङ गर्दै १० ओभरमा ९७ रन बनाएको थियो । जितका लागि ९८ रनको विजयी लक्ष्य