समाचार

अक्षय कुमार भन्छन्, 'दैनिक रूपमा गहुँत पिउँछु

बलिउड अभिनेता अक्षय कुमार ५३ औँ वर्षमा पुग्दा सम्म पनि युवा अवस्था झैँ फिट र फुर्तिला छन् । उनी आफ्नो दैनिकी नियममा मात्र बसेर बिताउँदैनन् खानपिन देखी सुत्ने उठ्नेसम्म निकै ख्याल राख्छन् । उनले दैनिक व्यायाम तथा खाने बानीमा निकै सजग छन् । आफ्नो स्वास्थ्यलाई लिएर सधैँ गम्भीर अक्षयले आफूले दैनिक रूपमा गहुँत पिउने गरेको बताएका छन् । यस खुलासा उनले ‘इन टु द वाइल्ड’ कार्यक्रमका प्रस्तोता बेयर ग्रिल्ससँगको एक

एउटै घरभित्र ३ जनाको शव भेटियो, घटना रहस्यमय

भक्तपुर – भक्तपुरमा एउटै घरभित्र तीन जनाको शव भेटिएको छ । शुक्रबार साँझ एकै परिवारका तीन जनाको शव फेला परेको हो । मृत भेटिएकाहरू ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा शुशान्त रहेका छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले दिएको जानकारी अनुसार उनीहरूसँगै एउटा कुकुर पनि मृत अवस्थामा भेटिएको छ । एएसपी थापाका अनुसार उनीहरूको शव गन्हाएको अवस्थामा फेला परेको हो । अहिले घटनास्थलमा

उपत्यकामा थप ६९६ जनामा कोरोना संक्रमण, पाँच जनाले ज्यान गुमाएसँगै मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा ६९६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । शुक्रबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंका ६२०, ललितपुर ३८ र भक्तपुरका ३८ गरी ६९६ जनामा कोरोना संक्रमण भएको जानकारी दिए । उनकाअनुसार पछिल्लो २४ घण्टामा मुलुकभर १४५४ जनामा कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ५१ हजा ९१९  पुगेको छ । यसैगरी

सुशान्तकी प्रेमिका रिया चक्रवर्ती कारागारमै बस्नुपर्ने

एजेन्सी । सुशान्त सिंह आत्महत्या प्रकरणमा प्रक्राउ परेकी रिया चक्रवर्ती अर्थात् सुशान्तकी प्रेमिका र उनका भाइ शाेभिक २२ सेप्टेम्बरसम्म जेलमै रहने भएका छन् । जमानतमा रिहा गर्न अदालतले अस्वीकार गरेपछि उनीहरू एक हप्ता जेलमै रहने भएका हुन् । जेलमा रिया र शाेभिकसँगै दीपेश सावन्त, शमूएल मिरान्डा, जैद, बासित, परिहार पनि रहेका छन् । सुशान्तलाई ड्रग्स दिएकाे आरोपमा उनीहरु पक्राउ परेका हुन् । एनसीबीले सबैसँग साेधपुछ गरिसकेकाे

सरकारले विद्यार्थीलाई निःशुल्क इन्टरनेट उपलब्ध गराउने

काठमाडौं ।  सरकारले विद्याललय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउने भएको छ । अनलाइन कक्षालाई निःशुल्क लिन पाउने गरी मान्यता दिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय र विद्यार्थीलाई निःशुल्क इन्टरनेटको सेवा उपलब्ध गराउन तयारी गरेको हो । वैकल्पिक विधिबाट पठनपाठनमा सहयोग गर्ने हेतुले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी विद्यालय वा विद्यार्थीलाई निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ ।

समाचार विषयलाई लिएर सञ्चार गृहमै पत्रकारमाथि कुटपिट

कैलाली  । कैलालीको दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि समाचार प्रकाशन गरेको विषयलाई लिएर कुटपिट भएको छ । धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा प्रवेश गरेका १५/२० जनाको समूहले त्यहाँ कार्यरत पत्रकार र कर्मचारीमाथि कुटपिट पनि गरेका हुन्। पत्रकार तथा कर्मचारीमाथि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको छ । प्रकाशित समाचारप्रति चित्त नबुझेको खण्डमा कानुनी उपचार नखोजी

विराटनगरमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु

काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर-१९ मिलन चोककी ४४ वर्षीया महिला रहेकी छिन् । उनको बिहिबार विराटनगरको कोशी अस्पतालअन्तर्गतको कोभिड-१९ उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या आएपछि कोशी अस्पताल भर्ना भएकी महिलाको अवस्था गम्भिर भएपछि  कोभिड-१९ उपचार केन्द्रमा लगिएको थियो । उनको  कोभिड-१९ उपचार केन्द्रमा उपचारकै क्रममा बिहिबार मृत्यु भएको अस्पतालले जनाएको छ । उनको कोरोना संक्रमणबाट

अभिनेत्री सारा खानलाई देखियो कोरोना संक्रमण

काठमाडौं । भारतका कलाकारहरुमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण देखिएको छ । यस्तै टेलिभिजन अभिनेत्री सारा खानलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनमा बिहिबार कोरोना संक्रमण पुष्टि भएको हो । आफुलाई कोरोना संक्रमण भएको र होम क्वारेन्टिनमा रहेको बारे साराले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । टेलिसिरियलमा काम गर्दै आएकी साराले आफुलाई कोरोना पोजेटिभ देखिएको बताउदै घरेलु उपचार विधि अपनाइरहेको बताएकी छिन् । उनले स्टाटसमा कोरोनाको उपचारमा तातो पानीको बाफ राम्रो

कोरोना जित्न प्राकृतिक जडिबुटी महत्वपुर्ण - प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल गरेका छन् । उनले उक्त छलफलमा आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण  भूमिका हुने बताएको प्रधानमन्त्री ओलीले बताए । प्रधानमन्त्री ओलीले भने – ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।’ उनले मेशीनहरू  एलोपेथिक नभएको बताउदै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने बताए । छलफलको क्रममा उनले

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गयो

काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६२ बर्षिय पुरुष रहेका छन् । उनको बिहिबार दिउँसो चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । ती पुरुष्लाई स्वासप्रश्वासमा समस्या भएपछि भदौं २० गते अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएपछि भदौं २२ गते गरिएको परिक्षणमा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्यमा झन समस्या हुँदै गएपछि