आजबाट दयाहाङ अभिनित दुई सिनेमा ‘हात्तीछाप’ र ‘दयारानी’ हलमा
काठमाडौं : आज शुक्रवारबाट देशभर अभिनेता दयाहाङ राईका दुई सिनेमा प्रदर्शनमा आएका छन् । पाँच बर्ष अघि निर्माण भएको सिनेमा ‘दयारानी’ र हालै बनेको सिनेमा ‘हात्तीछाप’ आजबाट देशभर प्रदर्शनमा आएका हुन् । दुई भिन्न कथामा बनेका दुई सिनेमाका आफ्नै आफ्नै प्रकारका दर्शक भएको कारण दुबै सिनेमा सफल हुने अपेक्षा गरिएको छ । सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल,