प्रवास

कतारमा भव्य तरिकाले सम्पन्न भयो 'ल्होसार कन्सर्ट २०२४' ( फोटो फिचर)

दर्शन सुनार/कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिले ‘ल्होसार कन्सर्ट-२०२४’ भव्य तरिकाले सम्पन्न गरेको छ। नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिको आयोजनामा ‘नेपालीहरुको राष्ट्रिय पर्व,तामाङ जातिको नयाँ वर्ष’ मञ्जुश्री २८६० ( डुक ल्हो/ मु पुर्खी वर्ष ) ‘सोनाम ल्होसार २०२४’ शुक्रबार कतारको अल अरबी स्पोर्ट्स क्लबको सभाहलमा सम्पन्न गरेको हो । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष विकास स्याङतानको सभापतित्व तथा नेपाली राजदूतावासका सहायक राजदुत तथा मिसन उपप्रमुख कुमार राईको प्रमुख

'ल्होछार कन्सर्ट २०२४': सांगीतिक प्रस्तुतिको लागि राजेश पायल राई आइपुगे कतार

दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा दिनहुँजसो विभिन्न कार्यक्रमहरु भइरहेका हुन्छन्। प्रायः सांगीतिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढ्दो छ कतारमा। यसैबीच ‘ल्होछार कन्सर्ट २०२४’ आगामी शुक्रबार आयोजना हुँदैछ। जसको लागि लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्। बिहीबार राजेश कतारको दोहा आइपुगेका हुन्। राजेशको स्वागतको लागि नेपाल तामाङ घेदुङ कार्यसमितिका अध्यक्ष लगायत अन्य पदाधिकारी हमद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए। राजेशलाई खादा र फूलको गुच्छाले कतार एयरपोर्टमा स्वागत गरिएको थियो।

कतारमा मनाईयो '१४७ औं लखन थापा मगर स्मृति दिवस २०२४'

दर्शन सुनार/कतार : प्रथम सहिद क्या. लखन थापा मगरको १४७ औं स्मृति दिवस कतारमा मनाइएको छ। गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार, संघ सस्थां समन्वय  विभाग नेपाल आदिवासी जनजाती महासंघ कतार र नेपाल मगर संघ,शाखा कतारद्धारा संयुक्त आयोजनामा शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै स्मृति दिवस मनाईएको हो । कार्यक्रम औपचारिक थियो। आसनग्रहण गराइसकेपछि प्रथम सहिद थापाको तस्बिरमा फुल र माला अर्पण गर्दै कतारमा स्थापित विभिन्न सँघ संस्थाको उपस्थितिमा

'भ्यालेन्टाइन नाइट' : सांगीतिक प्रस्तुतिका लागि किरण र ममता पुगे कतार

दर्शन सुनार/कतार : नेपाल आइडलबाट चर्चामा आएका गायक किरण भुजेल र युवा पुस्ताकी चर्चित गायिका ममता गुरुङ कतार आइपुगेका छन् । उनीहरूले मंगलबार र भोली बुधबार सॉझ कतारको दोहाको साना सिग्नल नजिक रहेको ग्रान्ड रिगल होटेलमा अवस्थित अर्मानि एक्स लन्ज एन्ड बारले आयोजना गरेको ” भ्यालेन्टाइन नाइट” मा प्रस्तुति दिनेछन्। कलाकारको स्वागतका लागि क्लब सञ्चालक रमेश केसी, कार्यक्रमका संयोजक रोशन अर्याल लगायतका अन्य व्यक्तिहरू एयरपोर्ट पुगेका थिए । आफ्नो साङ्गीतिक प्रस्तुति

रोजगारीको लागि ६ महिना अघि कुवेत गएका किशुम सोमबारदेखि सम्पर्क विहीन

दर्शन सुनार/कतार : वैदेशिक रोजगारीको लागि कुवेत गएका किशुम महर्जन गत सोमबारदेखि सम्पर्क विहीन भएका छन् । अल हमाजि ग्रुपमा करिब ६ महिना पहिले  रोजगारीका लागि कुवेत आएका किशुम गत सोमबार नेपाल जाने साथीलाई परिवारका लागि पार्सल छोड्न गएको र त्यतैबाट सम्पर्क विहीन भएको बुझिएको छ। अहिले कुवेतस्थित नेपाली दूतावासले परिवारबाट सूचना प्राप्त भएको र खोजीकार्यलाई तीव्र पारिएको जनाएको छ । हप्तादिन यता सम्पर्कमा नआएपछि कम्पनी, दूतावास तथा कुवेत सबैतिर

गुल्मी सेवा समाज कतारले मनायो '२० औं वार्षिक उत्सव'

दर्शन सुनार/ कतार : गुल्मी सेवा समाज कतारले आफ्नो ‘२० औं वार्षिक उत्सव’ भव्य रुपमा मनाएको छ। शुक्रबार कतारमा एक कार्यक्रमको आयोजना गर्दै समाजले ‘वार्षिक उत्सव तथा आन्तरिक वनभोज कार्यक्रम’ सम्पन्न गरेको हो । कार्यक्रममा समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष  बुद्ध पान्डेयको प्रमुख आतिथ्यता रहेको थियो। त्यस्तै, समाजका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक मित्र बिएसले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । वक्ताहरुले गुल्मी

कतारमा 'सोनाम ल्होसार' विशेष कार्यक्रम हुँदै

दर्शन सुनार/कतार: नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा  “सोनाम ल्होसार कन्सर्ट २०२४” हुने भएको छ। कार्यक्रम बारे औपचारिक जानकारी दिन बिहीबार साँझ आयोजक टिमले प्रेसमिट गरेको थियो।  “नेपालीहरुको राष्ट्रिय पर्व,तामाङ जातिको नयाँ वर्ष” मन्जुश्री २८६० ( डकु ल्हो/ मु पुर्खी बर्ष) सोनाम ल्होसार हुने प्रेसमिट मार्फत जानकारी दिइएको थियो। “ल्होसार कन्सट २०२४” का लागि प्रस्तुति दिन  चर्चित गायक तथा द भ्वाईस अफ नेपालका कोच राजेश पायल राई, तामाङ् सेलो

कतार आइपुगे दुर्गेश थापा

दर्शन सुनार/कतार : लोकप्रिय मोडल तथा गायक दुर्गेश थापा कतार आईपुगेका छन्। सांगीतिक कार्यक्रमको लागि दुर्गेश बिहीबार कतार आइपुगेका हुन्। दोहाको मुटुमा रहेको आईभोरी होटेलको चौथो तलामा अवस्थित भ्यालभेट लन्ज एन्ड क्लबले आयोजना गरेको “भ्यालभेट नाईट” क्लबमा दुर्गेशले आफ्नो प्रस्तुति दिनेछन्। थापाको स्वागतका लागि कल्ब संचालक उत्तम गुरुङ र कार्यक्रम संयोजक तिलु शर्मा पौडेल हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए। सांगीतिक साँझमा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन भ्यालभेट नाईट क्लबले

रुस्तम र निरुलाई 'गैर आवासीय नेपाली तारा २०२३'को उपाधि

दर्शन सुनार/कतार : रुस्तम तामाङ र निरु श्रेष्ठले ‘गैर आवासीय नेपाली तारा-२०२३’को उपाधि चुम्न सफल भएका छन्। शुक्रबार कतारको अल लक्तामा अवस्थित ट्युनिसीयन स्कुलको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेबाट रुस्तमले गायन विधाको र निरुले नृत्य विधाको उपाधि चुमेका हुन्। गायन विधामा फर्स्ट रनरअप चाहि सुजन गुरुङ् भए भने नृत्य विधा तर्फ सरोज लामा फर्स्ट रनरअप हुन सफल भए। फिनालेमा अतिथि निर्णायकको लागि आयोजकले लोकप्रिय गायक रामकृष्ण ढकाल र डान्सर पूर्णिमा श्रेष्ठलाईलाई

'नेपाल पत्रकार महासंघ कतार शाखा' : आठौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ निर्वाचित

दर्शन सुनार/कतार : नेपाल पत्रकार महासंघ कतार शाखाको आठौँ अधिवेशन सम्पन्न भएको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यता रहेको अधिवेशन कतार शाखाका अध्यक्ष करीम बक्स मियाँको अध्यक्षतामा सम्पन्न भएको हो । शुक्रबार नेपाली राजदूतावासको सभा हलमा सम्पन्न अधिवेशनबाट आगामी ३ वर्षका लागि दिल कुमार श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्बसहमत चयन भएको छ । कार्यसमितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिव दिलीप पराजुली, सहसचिव शारदा भुजेल, कोषाध्यक्ष