प्रवास

नेपाल मगर संघ शाखा कतारले मनायो ४२ औं  स्थापना दिवस

दर्शन सुनार/कतार : “सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले ४२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । नेपाल मगर संघले शुक्रबार कतातको ग्रान्ड मलमा अबस्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल मगर संघका प्रमुख सल्लाहकार विवेक पुलामी मगरको प्रमुख आतिथ्यतामा संघले ४२ औँ स्थापना दिवस मनाएको हो । विधिवत उद्धघांटन ब्यानर अनावरण,दिप प्रजलन सहित अघि

नेपाल आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं : पर्यटक भित्रिने याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार श्रेष्ठलाई सम्मान र बिदाई

दर्शन सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले नेपाल मगर मगर साँस्कृतिक परिवारमा आवद्ध रहेकी कलाकार कोपिला श्रेष्ठलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ । नेपाल मगर संघ साँस्कृतिक परिवारमा २०२१ देखि आवद्ध रहेकी कलाकार श्रेष्ठ कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबीच कलाकार श्रेष्ठलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो

स्याङ्जा सहयोग समाज कतारले गर्‍यो विभिन्न व्यक्तिहरुलाई सम्मान

दर्शन सुनार/कतार: ‘स्याङ्जा सहयोग समाजको चाहना-विशुद्ध सामाजिक सेवाको भावना’ भन्ने मुल नाराका साथ स्याङ्जा सहयोग समाज कतारले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ। कतारलाई कर्म थलो बनाई स्याङ्जा सहयोग समाजमा स्थापना कालदेखि आवद्ध रहेर विभिन्न कार्यकालमा पदिय जिम्मेवारी वहन गरि समाजलाई सही मार्गनिर्देशनमा डोर्‍याउने समाजका अग्रज व्यक्तित्वहरुलाई सम्मान गरिएको हो। समाजका अध्यक्ष प्रकाश परियारको सभापतित्व तथा समाजका प्रमुख संरक्षक गुरुनारायाण राना भाटको प्रमुख आतिथ्यतामा एक कार्यक्रमकाबीच  स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय

लमजुङ सेवा समाज कतारको १५ औं अधिवेशनबाट बसौला अध्यक्षमा निर्वाचित

दर्शन सुनार/कतार : लमजुङ सेवा समाज कतारले आफ्नो १५ औं अधिवेशन सम्पन्न गरेको छ। ‘सुख दु:खमा साथ, लमजुङ सेवा समाज’ भन्ने मुल नाराका साथ लमजुङ सेवा समाज कतारले शुक्रबार सनैयामा अवस्थित फुलवारि रेष्टुरेन्टको हलमा अधिवेशन सम्पन्न गरेको हो। समाजका अध्यक्ष सिताराम थापाको सभापतित्व तथा गण्डकी प्रदेश समन्वय परिषद कतारका अध्यक्ष सागर पौडेलको प्रमुख आतिथ्ययामा सम्पन्न सभाबाट नयाँ कार्यसमितिको अध्यक्षमा विनोद प्रसाद बसौला निर्बिरोध निर्वाचित भएका छन्। त्यस्तै प्रथम उपाध्यक्षमा कल्याण

गायक उमंग लामासँग संखुवासभा समाज कतारको स्नेह मिलन

दर्शन सुनार/कतार : संखुवासभा समाज कतारले गायक तथा संगीतकार उमङ्ग लामासँग भेटघाट तथा स्नेह मिलन गरेको छ । कतारको प्लाजा मलमा अवस्थित लालिगुँरास रेष्टुरेन्टमा एक कार्यक्रमबीच भेट्घाट तथा स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको हो । समाजका कार्यवाहक अध्यक्ष बिरेन मादेन लिम्बुको सभापतित्व तथा गायक तथा संगीतकार उमङ्ग लामाको प्रमुख आतिथ्यतामा सागिंतिक प्रस्तुति दिन कतार आएको अवसर पारेर समाजले लामालाई खादा ओढाएर मायाको चिनो सहित सम्मान गरिएको थियो । सभापति लामाले

'ल्होसार कन्सर्ट'मा पुगेका कलाकार कतारमा सम्मानित !

दर्शन सुनार/कतार: लोकप्रिय गायक राजेश पायल राईसहित केही कलाकारहरु कतातमा सम्मानित भएका छन्। नेपाल तामाङ घेदुङ् प्रवास कार्य समितिले  आयोजना गरेको ल्होसार कन्सर्टमा आफ्नो सांगितिक प्रस्तुति दिन कतार आएका चर्चित गायक राजेश पायल राई,तामाङ् सेलो गायिका रेश्मा बम्जन तामाङ ,गायक उमगं लामा,र  म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ् शनिवार ग्रान्डमल मा रहेको वेलफेयर रेष्टुरेन्टको सभाहलमा एक कार्यक्रमका बिच सम्मानित भएका हुन । नेपाल तामाङ् घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष

धनकुटा समाज कतारले गर्‍यो भेटघाट तथा आन्तरिक वनभोज कार्यक्रम

दर्शन सुनार/कतार : धनकुटा समाज कतारले भेटघाट तथा आन्तरिक वनभोज कार्यक्रम सम्पन्न गरेको छ। ‘धनकुटा सेवा समाजको चाहाना,शुद्ध सामाजिक भावना’ भन्ने मुल नाराका साथ शुक्रबार कतारमा ‘धनकुटेली भेटघाट तथा आन्तरिक बनभोज कार्यक्रम २०२४’ भव्य रुपमा सम्पन्न गरेको हो। वनभोज कार्यक्रम भएपनि औपचारिक रुपमा कार्यक्रम गरिएको थियो। कार्यक्रमको व्यानर अनावरणसँगै दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो। त्यस्तै कार्यक्रममा समाजका वरिष्ठ

कतारमा भव्य तरिकाले सम्पन्न भयो 'ल्होसार कन्सर्ट २०२४' ( फोटो फिचर)

दर्शन सुनार/कतार : नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिले ‘ल्होसार कन्सर्ट-२०२४’ भव्य तरिकाले सम्पन्न गरेको छ। नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिको आयोजनामा ‘नेपालीहरुको राष्ट्रिय पर्व,तामाङ जातिको नयाँ वर्ष’ मञ्जुश्री २८६० ( डुक ल्हो/ मु पुर्खी वर्ष ) ‘सोनाम ल्होसार २०२४’ शुक्रबार कतारको अल अरबी स्पोर्ट्स क्लबको सभाहलमा सम्पन्न गरेको हो । नेपाल तामाङ घेदुङ प्रवास कार्यसमितिका अध्यक्ष विकास स्याङतानको सभापतित्व तथा नेपाली राजदूतावासका सहायक राजदुत तथा मिसन उपप्रमुख कुमार राईको प्रमुख

'ल्होछार कन्सर्ट २०२४': सांगीतिक प्रस्तुतिको लागि राजेश पायल राई आइपुगे कतार

दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा दिनहुँजसो विभिन्न कार्यक्रमहरु भइरहेका हुन्छन्। प्रायः सांगीतिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढ्दो छ कतारमा। यसैबीच ‘ल्होछार कन्सर्ट २०२४’ आगामी शुक्रबार आयोजना हुँदैछ। जसको लागि लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्। बिहीबार राजेश कतारको दोहा आइपुगेका हुन्। राजेशको स्वागतको लागि नेपाल तामाङ घेदुङ कार्यसमितिका अध्यक्ष लगायत अन्य पदाधिकारी हमद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए। राजेशलाई खादा र फूलको गुच्छाले कतार एयरपोर्टमा स्वागत गरिएको थियो।