धनकुटा समाज कतारले गर्यो भेटघाट तथा आन्तरिक वनभोज कार्यक्रम
दर्शन सुनार/कतार : धनकुटा समाज कतारले भेटघाट तथा आन्तरिक वनभोज कार्यक्रम सम्पन्न गरेको छ। ‘धनकुटा सेवा समाजको चाहाना,शुद्ध सामाजिक भावना’ भन्ने मुल नाराका साथ शुक्रबार कतारमा ‘धनकुटेली भेटघाट तथा आन्तरिक बनभोज कार्यक्रम २०२४’ भव्य रुपमा सम्पन्न गरेको हो। वनभोज कार्यक्रम भएपनि औपचारिक रुपमा कार्यक्रम गरिएको थियो। कार्यक्रमको व्यानर अनावरणसँगै दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा राष्ट्रिय गान र वीर शहिदहरुको सम्झनामा मौन धारण समेत गरिएको थियो। त्यस्तै कार्यक्रममा समाजका वरिष्ठ